अनुहार नै ढाक्ने गरी चायाँपोतो वा कालो दाग छ? यो गोप्य घरेलु फेसियल गर्नुहोस्

अनुहारको चायाँपोतो, कालो दाग, धब्बा, डन्डीफोर हटाएर स्किनलाई प्राकृतिक रुपमै फेयर, गोरो, चम्किलो र त्वचाता बनाउने यो चमत्कारिक घरेलु चीज हो आलु, जुन हामीलाई थाहा नहुन सक्छ। आलुमा प्राकृतिक ब्लिचीङ प्रोपर्टी हुन्छ जसले अनुहारसम्बन्धी यस्ता समस्याहरु हटाई एउटा आकर्षक र प्राकृतिक स्किन पाउन मद्धत गर्दछ। हेरौँ आलुको फेसियल कसरी बनाउने ?

आलुको पेस्ट र रस बनाउने विधि: सुरुमा आलुलाई पखाली बोक्रा फालेर सानो सानो टुक्रा बनाएर काट्ने। अब आलुलाई मिक्सीमा पिसेर पेस्ट बनाउने। पेस्ट बनिसकेपछी  एउटा बाउलमा यसको जुस छान्ने । जुस निकालिसकेपछी।

फेलिसल गर्ने विधि:

१. क्लिन्जीङ: एक सफा कचौरामा एक चम्चा आलुको रस, एक चम्चा काँचो दुध र थोरै कागतीको रस राखेर राम्ररी मिसाउने। अब यस मिक्स्चरमा एउटा कटन बल अर्थात् कपासको डल्ला चोपेर अनुहारमा विस्तारै मसाज गरे जसरी लगाउने। त्यसपछि अनुहारलाई चिसो पानीले पखाल्ने।

२. स्क्रब: एउटा सफा कचौरामा एक चम्चा चामलको पिठो, एक चम्चा आलुको जुस र एक चम्चा दहि हालेर राम्ररी मिसाउने। अब यो स्क्वाब अनुहारमा लगाएर सर्कुलर मोसनमा विस्तारै स्क्रब गर्ने। यसरी ५ मिनेट सम्म स्क्रब गरेपछी अनुहारलाई पखाल्नुहोस्।

३. फेसियल मसाज: एउटा कचौरामा दुई चम्चा आलुको रस, एक चम्चा एलोवेरा जेल र आधा चम्चा ओलिव ओइल राखेर राम्ररी मिसाउने। अब यो मिक्स्चर अनुहारमा लगाएर करिब १० मिनेटसम्म मसाज गर्ने। यसरी मसाज गर्नाले स्किनमा रगत आदानप्रदान भएर अनुहारलाई स्वस्थ र चमक बनाउँछ। १० मिनेट सम्म मसाज गरेपछी अनुहारलाई पानीले पखाल्ने।

४. फेस प्याक: एउटा सफा कचौरामा दुई चम्चा आलुको पेस्ट, एक चम्चा स्यान्डलवुड पाउडर, दुई चम्चा काँचो दुध र थोरै कागतीको रस राखेर मिसाउने। यो मिक्स्चरलाई हातले वा ब्रसको माध्यमबाट अनुहारमा बाक्लो गरी लगाउने। यस मिक्स्चरलाई अनुहारमा लगाइसकेपछी पुरा सुक्न दिनुपर्छ।  सुकिसकेपछी चिसो पानीले फेस धुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!