कालो ओँठलाई ५ मिनेटमै सधैँका लागि प्राकृतिक रुपमा पिंक बनाउने घरेलु विधि
पिंक कलरको ओँठ सबै चाहन्छन्। विशेषगरी महिलाहरु आफ्नो सौन्दर्य प्रति एकदम सचेत हुन्छन्। त्यसकारण अनुहार वा शरीरको हरेक भाग सफा, सुन्दर र आकर्षक देखाउन विविध विधि अपनाउने गर्छन्। महिलाहरु बढी सचेत हुने अंग मध्येको एक यो ओँठ। कसैको ओँठ जन्मजातै एकदम आकर्षक र पिंक हुन्छन् भने प्रायको कालो नै हुन्छ। धेरै जसो व्यक्तिको ओँठ कालो हुनुको कारण भनेको बढी सुर्तीजन्य पदार्थ र चुरोटको सेवन गर्नले हुन्छ। जे जस्तो कारणले ओँठ कालो भए पनि आज हामी यसलाई प्राकृतिक रुपमै एकदम पिंक र आकर्षक कलरको बनाउने घरेलु उपचार विधि बताउन गइरहेका छौँ। जुन १०० प्रतिशत प्राकृतिक र प्रभावकारी हुन्छ।
यसका लागि चाहिने सामाग्रीहरु: नरिवलको तेल, चिनी, कागतीको रस र मह ।
बनाउने विधि: एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल, एक चम्चा पिसेको चिनी, आधा चम्चा कागतीको रस र आधा चम्चा मह राखेर यी सामग्रीहरुलाई मज्जाले फिटेर मिसाउने। मिसाईसकेपछी यो सिरम जस्तै पेस्ट बन्छ।
लगाउने विधि: हरेक राती सुत्नु भन्दा अगाडी यो पेस्ट वा सिरमलाई ओँठमा लगाएर करिब ५ देखि १० मिनेट सम्म स्क्रब गर्ने। ५-१० मिनेट सम्म स्क्रब गरे पछी यसलाई लगभग ३० मिनेट देखि १ घण्टा सम्म यत्तिकै छोड्ने। करिब ३० मिनेट पछी पानीले पखाल्ने। यस विधिलाई लगातार १५ दिनसम्म प्रयोग गर्नुपर्छ।
नरिवलको तेलले छालाको कलरलाई निखार्न मद्धत गर्छ भने कागतीले स्किनको डेड सेल्सलाई हटाएर गोरो र चम्किलो बनाउँछ। त्यसै गरी महले ओँठको कालोपन हटाई यसलाई चमकदार र मुलायम बनाउँछ। चिनी एक उत्कृष्ट स्क्रब हो जसले ओँठको डेड सेल्सलाई हटाएर पिंक बनाउँछ।