चर्चित गीत “चरी कहाँ बस्यो”मा राम्जी र करिश्मा को छमछमी (भिडियो सहित)

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं.९ को काफ्लेका दिपक दर्लामी सामान्य परिवारमा जन्मिएका उनि स्कुले जिवनदेखी नै सांगितिक क्षेत्रमा रुची राख्ने व्यक्ति हुन्,लोकदोहोरी क्षेत्रलाई कर्म बनाउँदै अहिलेसम्म “बदलिंदै गयौं म रोएर के भो कराएर के भो”,”आखिर तिमी पराइकै भयौ”,”काँकरीको झालमा” जस्ता बहुचर्चित लोकदोहोरी गितहरुसँगै धेरै एल्वमहरु वजार ल्याइसकेका छन्।

लोकदोहोरी गायक दर्लामी वर्तमान समयमा दर्शकहरुले मन पराउने कलाकारहरु मध्येका एक हुन्,दर्शकहरुकै मायालाई सम्मान गर्दै यसपाली पनि नयाँ लोकदोहोरी एल्वम “चरी कहाँ वस्यो?”सुमार्गी फिल्मसद्वारा सार्वजनिक गरेका हुन् जसमा स्वयं दिपक दर्लामी र लालमाया थापाले अावाज दिएका छन्।

गीतमा गायक दिपक दार्लामी मगर र लाल माया पुन मगरको स्वर रहेको छ भने लय शब्द गायक दिपक दर्लामीकै रहेको छ ।

“चरी कहा बस्यो “म्युजिक भिडियो एल्बमको उत्पादक वितरक -सुमार्ग फिलिम्स प्रालिले गरेको छ। गीतमा राम्झी खांड र करिश्मा ढकालको अभिनय रहेको छ !

यस म्युजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायाँकन -सागर गौतम ,भिडियो सम्पादन -दिपक बिष्ट ,दृश्य निर्माण सुर्य विनायक फिलिम्सले गरेको छ।

लोक दोहोरी गायक तथा गीतकार दीपक दर्लामी मगर र गायिका लालमायाँ थापाले सँयुक्त स्वरमा नयाँ गीत चरी कहाँ बस्यो…बजारमा ल्याएका छन् ।

यी दुई कलाकारले यो गीतको भिडियो पनि रिलिज गरेका छन् । यस गीतको शब्द, संगीत पनि दीपकको आफ्नै हो । दीपक र लालमायाँलाई समुहिक स्वरमा नारायण पाण्डे र सिमरन श्रेष्ठले साथ दिएका छन् । जसमा कृष्ण भान्जाको संगीत संयोजन र बिमल छिनालको रेकर्डिङ रहेको छ ।

सुमार्ग फिल्मस्को प्रस्तुति रहेको यो गीतको भिडियोमा अहिले चर्चामा रहेकी मोडल करिश्मा ढकाल र गायक एवम् मोडल रामजी खाँड छन् । यी दुबैको नृत्य निकै आकर्षक बनेको छ । गीत अनुसारको नृत्य भएकै कारण चरी कहाँ बस्यो…को भिडियोले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।

स्रोत:सुमार्गी फिल्मस प्रा.ली(नारायण पाण्डे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!