चलचित्र ‘पासवर्ड’को गीत ‘आजको साम’मा सन्नी लियोनीको आइटम डान्स, यस्तो छ भिडियो

भारतीय मुलकी अभिनेत्री तथा मोडेल सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई बिहिबार सार्वजनिक गरिएको हो ।

वित्रम जोशीको शब्द रहेको यस गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको यो गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् । गीतको भिडियोमा सन्नी लियोनीसँगै कलाकारहरु अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धी तामाङ, रविन्द्र झा र प्रविण खतिवडाले अभिनय गरेका छन् । यो गीतको कोरियोग्राफी विष्णु देवले गरेका छन् ।

सम्राट बस्नेतले निर्देशन गरेको यो चलचित्रको निर्माताहरु अमित बस्नेत र हिराल जोशी हुन्। चलचित्रको छायाँकन अमर जीत सिंहले गरेका छन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

एक्सन, कमेडी र थ्रिलर जनराको यस चलचित्रमा सन्नी लियोनी, अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, परी राना, लिसा सुनार, लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् ।

चलचित्र भदौ २७ देखि देशभर प्रर्दशन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!