४९ वर्षीया शिक्षिका ११ वर्षदेखि घाँटीसम्म आउने नदी तरेर विद्यालय पुग्छिन्

भारतको ओडिशाकी ४९ वर्षीया बिनोदिनी समल विद्यार्थीलाई पढाउनको लागि दैनिक नदी तरेर विद्यालय पुग्छिन् । ५३ जना छात्राहरु पढ्ने राठियापाल प्राथमिक स्कुलसम्म पुग्नको लागि बिनोदिनी मनसुन (वर्षा) मा घाँटीसम्मको पानी आउने सापुआ नदी तरेर विद्यालय पुग्छिन् । बिनोदिनी भन्छिन् कि उनको लागि काम महत्वपूर्ण हो । पानी होइन । सधैँ पानीले भिजेको कारण कयौँ पटक बिरामी परेकी छिन् उनी तर उनले छुट्टी लिएकी छैनन् ।

बिनोदिनीका अनुसार राठियापाल प्राथमिक विद्यालय उनको घर जरियापाल गाउँबाट ३ किलोमिटर दूरीमा पर्छ । उनी विद्यालयमा कॉन्ट्रेक्चुअल (करार) शिक्षिकाको रुपमा कार्यरत छिन् । उनको मासिक तलब ७००० हजार रुपैयाँ छ । शिक्षा विभागले बिनोदिनीलाई २००० रुपैयाँमा नियुक्ति गरेको थियो । तर उनले यस विद्यालयमा २००८ देखि पढाउँदै आइरहेकी छिन् । पछिल्लो ११ वर्षदेखि उनी यहि नदीको बाटो हुँदै विद्यालय जान्छिन् ।

बिनोदिनी भन्छिन्, ‘वर्षामा स्थिति झन् खबर हुन्छ र पानी गर्दनसम्म आउँछ ।’ उनी भन्छिन्, ‘मेरा लागि मेरो काम नै सबथोक हो । घरमा बसेर के गर्ने ?’ शुरुवातमा उनको तलब महिनाको १७०० रुपैयाँ थियो । नदीमा ४० मिटरको लामो पुल बनाउनको लागि प्रस्ताव पठाएको थियो तर अहिलेसम्म निर्माण कार्य सम्भव हुन सकेको छैन ।

अधिक गर्मी हुँदा पानीको बहाव कम हुन्छ वा सुख्खा हुन्छ तर वर्षा वा यसपछिका कयौँ महिनासम्म पानी बढ्छ । विद्यालयमा दुई जना शिक्षक छन् । बिनोदिनी र हेडमास्टर काननबाला मिश्रा । मनसुन (वर्षा) को समयमा धेरैपटक विद्यार्थीहरु र हेडमास्टर विद्यालय पुग्दैनन् । तर बिनोदिनी कहिल्यै अनुपस्थित हुँदैनन् । हालै बिनोदिनीले नदी पार गरिरहेको तस्बिर भाइरल भयो ।

बिनोदिनीका अनुसार उनी सधैँ एक जोर कपडा र मोबाइललाई एक प्लास्टिक ब्यागमा राख्छिन् र यसलाई टाउकोमा राखेर नदी तर्छिन् । विद्यालय पुगेपछि पिंक पोशाक लगाउँछिन् । राम्रो स्विमर भएपनि नदी तरेर बाटो पार गर्दा धेरैपटक चिप्लेर लडेकी पनि छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!