तेस्रो विवाह गर्न खोज्ने पतिलाई दुई पत्नीले गरे यसरी रामधुलाई

एक व्यक्तिले दुई पत्नी हुँदा हुँदै अवैध रुपमा तेस्रो पनि विवाह गर्ने कोसिस गरेपछि रिसले चुर भएका दुई पत्नी र उनीहरुका आफन्तले नराम्ररी कुटपिट गरेका छन् । तमिल नाडुका २६ वर्षीय एस अरविन्द अर्थात् दिनेश भनेर चिनिने उनले २०१६ मा पहिलो विवाह गरेका थिए । त्यसपछि फेरी यहि वर्षको अप्रिल महिनामा गोप्य रुपमा दोस्रो विवाह गरेका थिए ।

स्थानीय संचारमाध्यमका अनुसार दिनेशले दुइटै पत्नीलाई कुटपिट गरेर शारीरिक यातना दिने गर्थे । पतिको यातना सहन नसकेर उनीहरु आ-आफ्नो माइत गएर बस्न बाध्य भएका थिए ।

दुई पत्नीले एक अर्काको बारेमा थाहा पाएपछि र दिनेशको तेस्रो विवाह गर्ने योजना थाहा पाएपछि उनीहरुले यो कदम चालेका हुन् ।

भिडियोमा दिनेशकी एउटी पत्नी उनीतिर दौडेर जान्छिन् र हातमा बोकेको केहि उपकरण प्रयोग गरेर कुट्छिन् । यसको केहि समयपछी अर्की पत्नी पनि आएर हिर्काउन गर्न थाल्छिन् ।

त्यसपछि केहि बेरमै वरिपरी रहेका केहि मानिसहरु पनि आएर उनलाई कुट्न थाल्छन् । एक व्यक्तिले उनलाई क्रुरतापूर्वक लात हान्नुका साथै मुक्का प्रहार गर्छन् । प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार दिनेशलाई प्रहरीले गिरफ्तार गरेका छन् । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दुई पत्नी र उनीहरुका आफन्तले पुलिस स्टेशनबाहिर दिनेशलाई रामधुलाई गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!