फोनमा व्यस्त महिला एक जोडी सर्पमाथि बसिन्, त्यसपछि घट्यो डरलाग्दो घटना

गोरखपुर । भारतको गोरखपुर जिल्लामा एक अविश्वनीय र डरलाग्दो घटना घटेको छ । यहाँ एक महिला फोनमा कुरा गर्दै, आफ्नो बेडरुममा आएको एक सर्प जोडी माथि बसिन् । उनलाई सर्पले डसे  र केहि मिनेटपछि उनको मृत्यु भयो ।

यो घटना गोरखपुर जिल्लाको रियाँव गाउँमा बुधबार घटेको हो । गीता नाम गरेकी ती महिला, जय सिंह यादवकी श्रीमती हुन् । उनको श्रीमान  थाइल्याण्डमा काम गर्छन् । श्रीमानसँग फोनमा कुरा गरिरहेकी गीता कुरा गर्दागर्दै बेडरुममा गइन् र बेडमाथि बसिन् ।

तर उनलाई आफ्नो बेडमा एक जोडी सर्प भएको थाहा थिएन । बेडमा बिछ्याइएको तन्ना प्रिन्टेट भएकोले उनले सर्प देखिनन् । उनी बेडमा बस्ने बित्तिकै सर्पले डसे । सर्पले डसेपछि उनी बेहोस भइन् । लगत्तै परिवारका सदस्यहरुले उनलाई नजिकैको अस्पतालमा लगे तर उपचारको क्रममा उनको निधन भयो ।

जब परिवारका सदस्य र छिमेकीहरु उनको कोठामा फर्के, तबसम्म सर्पहरु बेडमै खेलिरहेका थिए । रिसले चुर छिमेकीहरुले सर्पलाई पिटीपिटी मारिदिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!