तरुण दलको विवाद उत्कर्षमा, अध्यक्ष र महासचिवद्वारा एकअर्कालाई कारबाही

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको विवाद उत्कर्षमा पुगेको छ ।

आन्दोलनको मुद्दामा भ्रष्टाचारको विषय समेट्ने कि नसमेट्ने विषयमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रज‌ंग शाहीबीचको झगडाले चर्को रुप लिएको छ। उनीहरुबीचको विवाद विवादमै मात्र सीमित नरही एकले अर्कालाई पदबाट हटाएर कारबाही गरेको विज्ञप्ति निकाल्ने स्थितिसम्म पुगेको छ । अध्यक्ष बस्नेतलेपदीय मर्यादाभन्दा बाहिर गएर अनुशासनहीन कार्य गरेको भन्दै महसचिव शाहीलाई पदबाट हटाइएको जनाएका छन्। तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहेको गरी शाहीलाई हटाइएको बस्नेतले जारी पत्रमा उल्लेख छ।

अध्यक्षको पत्रलाई काउन्टर दिँदैमहसचिव शाहीले पनिअध्यक्ष बस्नेतलाई पदबाट हटाइएको जनाएका छन्। बस्नेतले पदीय मर्यादाविपरीत गएर काम गरेको भन्दै १ वर्षका लागि तरुण दलको साधरण सदस्यसमेत नरहने गरी कारबाही एवं निष्काशित गरिएको जनाएका छन्।

साभार: कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!