आज कुन देशको पैसाको मूल्यमा कति फरक आयो ? हेर्नुहोस्


आज असोज १ गते बुधवार , २०७६ अर्थात् (१८ सेप्टेम्बर, २०१९) का लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका अनुसार एक डलरको खरिददर मूल्य ११४ रुपैयाँ पैसा ५६ बिक्रीदर मूल्य ११५ रुपैयाँ १६ पैसा रहेको छ ।

युरोपियन एक युरोको खरिददर मूल्य १२६ रुपैयाँ २५ पैसा र बिक्रीदर मूल्य १२५ रुपैयाँ ९१ पैसा रहेको छ । आजको मूल्य अनुसार एक पाउण्डको खरिददर मूल्य १४२ रुपैयाँ १४ पैसा रहेको छ भने विक्रीदर मूल्य १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेबियन एक रियलको खरिद मूल्य ३० रुपैयाँ ५४ पैसा तोकेको छ भने विक्रीदार मूल्य ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी एक रियलको मूल्य ३१.४६ (खरिददर) र ३१.६३ (विक्रीदर) रहेको छ । युएई एक दिर्हमको खरिददर मूल्य ३१ रुपैयाँ १९ पैसा र विक्रिदर मूल्य ३१ रुपैयाँ २५ पैसा तोकेको छ । त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३९ पैसा र विक्रिदर मूल्य २७ रुपैयाँ ५३ पैसा रहेको छ ।

कुवेती एक दिनारको मूल्य ३७६ रुपैयाँ ६४ पैसा (खरिददर) र ३७८ रुपैयाँ ६२ पैसा (विक्रिदर) रहेको छ । यसैगरी, बहराइनी एक दिनारको खरिददर मूल्य ३०३ रुपैयाँ ८२ पैसा र विक्रिदर ३०५ रुपैयाँ ४१ पैसा रहेको छ।

हंगकंगको एक डलरको खरिददर मूल्य १४ रुपैयाँ ६४ पैसा र विक्रिदर १४ रुपैयाँ ७२ पैसा रहेको छ । साउथ कोरियन १०० वोनको खरिददर मूल्य ९ रुपैयाँ ६३ पैसा र विक्रिदर मूल्य ९ रुपैयाँ ६८ पुगेको छ । जापानिज एन १० को खरिददर मूल्य १० रुपैयाँ ५९ पैसा र विक्रिदर मूल्य १० रुपैयाँ ६५ पैसा रहेको छ ।

अष्ट्रेलियन एक डलरको खरीददर मूल्य ७८ रुपैयाँ ३४ पैसा र विक्रिदर ७८ रुपैयाँ ७५ पैसा रहेको छ । क्यानडियन एक डलरको मूल्य ८६ रुपैयाँ ४२ पैसा (खरिददर) र ८६ रुपैयाँ ८८ पैसा (विक्रिदर) रहेको छ ।

वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा केहि मूल्य घटबढ वा तलमाथि गरेर मूल्य तोकिएको हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!