आज कुन देशको पैसाको मूल्यमा कति फरक आयो ? हेर्नुहोस्


आज असोज २५ शनिवार , २०७६ अर्थात् (१२ अक्टोबर, २०१९) का लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका अनुसार एक डलरको खरिददर मूल्य ११३ रुपैयाँ पैसा ३४ बिक्रीदर मूल्य ११३ रुपैयाँ ९४ पैसा रहेको छ ।

युरोपियन एक युरोको खरिददर मूल्य १२५ रुपैयाँ ३४ पैसा र बिक्रीदर मूल्य १२६ रुपैयाँ ०१ पैसा रहेको छ । आजको मूल्य अनुसार एक पाउण्डको खरिददर मूल्य १४३ रुपैयाँ ३४ पैसा रहेको छ भने विक्रीदर मूल्य १४४ रुपैयाँ ०९ पैसा रहेको छ ।त्यस्तै, साउदी अरेबियन एक रियलको खरिद मूल्य ३० रुपैयाँ २२ पैसा तोकेको छ भने विक्रीदार मूल्य ३० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी एक रियलको मूल्य ३१.१३ (खरिददर) र ३१.२९ (विक्रीदर) रहेको छ ।

युएई एक दिर्हमको खरिददर मूल्य ३० रुपैयाँ ८६ पैसा र विक्रिदर मूल्य ३१ रुपैयाँ ०२ पैसा तोकेको छ । त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ०८ पैसा र विक्रिदर मूल्य २७ रुपैयाँ २२ पैसा रहेको छ ।कुवेती एक दिनारको मूल्य ३७३ रुपैयाँ १४ पैसा (खरिददर) र ३७५ रुपैयाँ ११ पैसा (विक्रिदर) रहेको छ । यसैगरी, बहराइनी एक दिनारको खरिददर मूल्य ३०० रुपैयाँ ६० पैसा र विक्रिदर ३०२ रुपैयाँ १९ पैसा रहेको छ।

हंगकंगको एक डलरको खरिददर मूल्य १४ रुपैयाँ ४५ पैसा र विक्रिदर १४ रुपैयाँ ५३ पैसा रहेको छ । साउथ कोरियन १०० वोनको खरिददर मूल्य ९ रुपैयाँ ५७ पैसा र विक्रिदर मूल्य ९ रुपैयाँ ६२ पुगेको छ । जापानिज एन १० को खरिददर मूल्य १० रुपैयाँ ४६ पैसा र विक्रिदर मूल्य १० रुपैयाँ ५१ पैसा रहेको छ ।अष्ट्रेलियन एक डलरको खरीददर मूल्य ७७ रुपैयाँ १२ पैसा र विक्रिदर ७७ रुपैयाँ ५३ पैसा रहेको छ । क्यानडियन एक डलरको मूल्य ८५ रुपैयाँ ८६ पैसा (खरिददर) र ८५ रुपैयाँ ९१ पैसा (विक्रिदर) रहेको छ ।वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा केहि मूल्य घटबढ वा तलमाथि गरेर मूल्य तोकिएको हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!