चिनियाँ राष्ट्रपति सीको स्वागार्थ यस्तो बन्यो काठमाडौँ

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ।चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाल चीन मित्रताको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि हालसम्म विकसित हुँदै अगाडि बढेको पाइन्छ ।

चिनियाँ भिक्षु फा सियान र नेपाली भिक्षु बुद्धभद्रको यात्राले त्यो सम्बन्धलाई विगत देखि वर्तमान सम्मको डोरीमा बाँधिराखेको छ। भिक्षु फाले आफ्नो यात्रा वृत्तान्तमा बुद्ध भूमि नेपालमा आफूले देखेका र भोगेका विषय प्रष्ट लेखेको पाइन्छ। करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनीको भ्रमण गरेको त्यो क्षण अझै पनि अभूतपूर्व यात्रा वृत्तान्त मानिन्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागार्थ काठमा डौँलाई सिङ्गारिए को छ । चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।



उनको भ्रमणका अवसरमा नेपालले एक दर्जन प्रस्ताव तयार गरेको छ । ती प्रस्तावहरु यस्ता छन् ।

१. केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता । रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल
२.गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन
३.७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता

४.मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिस्ठान

५.रसुवागढी–केरुङ सडक स्तारोन्नति

८.उत्तर–दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोशी कारिडोर

९.भैरहवा–कोरला–कालीगण्डकी करिडोर

१०. नेपालगञ्ज–हुम्ला(हिल्सा)–कर्णाली करिडोर

११.पूर्वपश्चिम रेलमार्ग सहुलियत ऋण

१२ .वाणिज्य र पारवाहन क्षेत्रका सन्धि–सम्झौता कार्यान्वयन
गर्न उच्चस्तरीय संयन्त्र
यो समाचार अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!