आज कुन देशको पैसाको मूल्यमा कति फरक आयो ? हेर्नुहोस्


आज कार्तिक ६ , बुधवार , २०७६ अर्थात् (२३ अक्टोबर, २०१९) का लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका अनुसार एक डलरको खरिददर मूल्य ११३ रुपैयाँ पैसा २० बिक्रीदर मूल्य ११३ रुपैयाँ ८० पैसा रहेको छ ।

युरोपियन एक युरोको खरिददर मूल्य १२६ रुपैयाँ ०४ पैसा र बिक्रीदर मूल्य १२६ रुपैयाँ ७१ पैसा रहेको छ । आजको मूल्य अनुसार एक पाउण्डको खरिददर मूल्य १४६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर मूल्य १४७ रुपैयाँ ३९ पैसा रहेको छ ।त्यस्तै, साउदी अरेबियन एक रियलको खरिद मूल्य ३० रुपैयाँ १८ पैसा तोकेको छ भने विक्रीदार मूल्य ३० रुपैयाँ ३४ पैसा रहेको छ । कतारी एक रियलको मूल्य ३१.०८ (खरिददर) र ३१.२५ (विक्रीदर) रहेको छ ।

युएई एक दिर्हमको खरिददर मूल्य ३० रुपैयाँ ८२ पैसा र विक्रिदर मूल्य ३० रुपैयाँ ९८ पैसा तोकेको छ । त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ०३ पैसा र विक्रिदर मूल्य २७ रुपैयाँ १७ पैसा रहेको छ ।कुवेती एक दिनारको मूल्य ३७२ रुपैयाँ ९७ पैसा (खरिददर) र ३७४ रुपैयाँ ९५ पैसा (विक्रिदर) रहेको छ । यसैगरी, बहराइनी एक दिनारको खरिददर मूल्य ३०० रुपैयाँ २१ पैसा र विक्रिदर ३०१ रुपैयाँ ८१ पैसा रहेको छ।

हंगकंगको एक डलरको खरिददर मूल्य १४ रुपैयाँ ४३ पैसा र विक्रिदर १४ रुपैयाँ ५१ पैसा रहेको छ । साउथ कोरियन १०० वोनको खरिददर मूल्य ९ रुपैयाँ ६५ पैसा र विक्रिदर मूल्य ९ रुपैयाँ ७० पुगेको छ । जापानिज एन १० को खरिददर मूल्य १० रुपैयाँ ४२ पैसा र विक्रिदर मूल्य १० रुपैयाँ ४८ पैसा रहेको छ ।अष्ट्रेलियन एक डलरको खरीददर मूल्य ७७ रुपैयाँ ६४ पैसा र विक्रिदर ७८ रुपैयाँ ०५ पैसा रहेको छ । क्यानडियन एक डलरको मूल्य ८६ रुपैयाँ ४० पैसा (खरिददर) र ८६ रुपैयाँ ८६ पैसा (विक्रिदर) रहेको छ ।वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा केहि मूल्य घटबढ वा तलमाथि गरेर मूल्य तोकिएको हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!