आज कुन देशको पैसाको मूल्यमा कति फरक आयो ? हेर्नुहोस्


आज कार्तिक ७, बुधवार, २०७६ अर्थात् (२४ अक्टोबर, २०१९) का लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका अनुसार एक डलरको खरिददर मूल्य ११३ रुपैयाँ पैसा १६ बिक्रीदर मूल्य ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।

युरोपियन एक युरोको खरिददर मूल्य १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर मूल्य १२६ रुपैयाँ ४७ पैसा रहेको छ । आजको मूल्य अनुसार एक पाउण्डको खरिददर मूल्य १४५ रुपैयाँ ५७ पैसा रहेको छ भने विक्रीदर मूल्य १४६ रुपैयाँ ३४ पैसा रहेको छ ।त्यस्तै, साउदी अरेबियन एक रियलको खरिद मूल्य ३० रुपैयाँ १७ पैसा तोकेको छ भने विक्रीदार मूल्य ३० रुपैयाँ ३३ पैसा रहेको छ । कतारी एक रियलको मूल्य ३१.०७ (खरिददर) र ३१.२४ (विक्रीदर) रहेको छ ।

युएई एक दिर्हमको खरिददर मूल्य ३० रुपैयाँ ८१ पैसा र विक्रिदर मूल्य ३० रुपैयाँ ९७ पैसा तोकेको छ । त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ०२ पैसा र विक्रिदर मूल्य २७ रुपैयाँ १७ पैसा रहेको छ ।कुवेती एक दिनारको मूल्य ३७२ रुपैयाँ ७४ पैसा (खरिददर) र ३७४ रुपैयाँ ७२ पैसा (विक्रिदर) रहेको छ । यसैगरी, बहराइनी एक दिनारको खरिददर मूल्य ३०० रुपैयाँ १७ पैसा र विक्रिदर ३०१ रुपैयाँ ७६ पैसा रहेको छ।

हंगकंगको एक डलरको खरिददर मूल्य १४ रुपैयाँ ४३ पैसा र विक्रिदर १४ रुपैयाँ ५१ पैसा रहेको छ । साउथ कोरियन १०० वोनको खरिददर मूल्य ९ रुपैयाँ ६५ पैसा र विक्रिदर मूल्य ९ रुपैयाँ ७० पुगेको छ । जापानिज एन १० को खरिददर मूल्य १० रुपैयाँ ४४ पैसा र विक्रिदर मूल्य १० रुपैयाँ ४९ पैसा रहेको छ ।अष्ट्रेलियन एक डलरको खरीददर मूल्य ७७ रुपैयाँ ४० पैसा र विक्रिदर ७७ रुपैयाँ ८१ पैसा रहेको छ । क्यानडियन एक डलरको मूल्य ८६ रुपैयाँ ३९ पैसा (खरिददर) र ८६ रुपैयाँ ८५ पैसा (विक्रिदर) रहेको छ ।वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा केहि मूल्य घटबढ वा तलमाथि गरेर मूल्य तोकिएको हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!